Organic Vegan Agriculture
आधुनिक कृषि प्रणाली
+९७७ ९८४३१०१६४१
संस्थापक प्रबन्ध निर्देशकको सन्देश

संस्थापक प्रबन्ध निर्देशकको सन्देश

नेपाल कृषि अर्थतन्त्रले ढाकिएको देश हो। १९८० को अन्त्यमा, यो जनसंख्याक ९०% भन्दा बढीको लागि आजीविका थियो, यद्यपि कुल जग्गा क्षेत्रको लगभग २०% मात्र खेतीयोग्य भएको हुदा यसको औसत उत्पादन ६०% जीडीपी र लगभग ७५% निर्यात हुने गरेको थियो ।।

नेपाललाई सानो देश भन्न मिलदैन, किनकि क्षेत्रपफ्लको हिसाबले नेपाल विश्वको ४६ औं ठूलो देश मा पर्छ । विश्वकै सबैभन्दा आग्लो हिमाल सगरमाथा हाम्रै देशमा छ । जल सम्मपदाको हिसाबले पनि नेपाल ब्रजिल पछिको दोस्रो धनि देश हो । नेपाल जलस्रोत मात्र होइन प्रकृतिक श्रोत मा पनि धनि छ ।
कृषिमा यो विविधतालाई सदुपयोग गर्ने सकेको खन्डमा नेपाल विश्व कै समृध्द राष्ट्र वन्न सम्भव छ । नेपालमा कृषि बाटै अरब पति हुनेहरु धैरे जना हुनेछन् त्यसको लगि परम्परागत रुपमा चल्दै आएको कृषि प्रणालीलाई आमुल परिवर्तन गर्नु आवस्यकता छ । आधुनिक टेक्नोलोजीको प्रयोग गरी कृषि आधुनिकरण व्यवसायीकरण गर्नुको आवस्यकता छ । नेपाल सरकरले कृषि विकास र आधुनिकारणमा जोड दिनुका सथै कृषिमा आनुदन दिने नीति निर्माण गरि कृषकहरुलाई आनुदन दिने कर्यत्रफ्महरु सन्चलान भइरहेको छ ।

कृषिक्षेत्रमा नयाँ प्रविधि टेकनोलोजि को प्रयोग को सुरुवत पनि भइसकेको छ । नेपालमा अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कृषि उत्पादन व्यापक मात्रामा हुदै छ । कृषि उद्दामीहरुले उत्पादन गरेको प्रोडक्टहरु बजारीकरण गर्न सहयोगको लागि अर्गानिक भिगन एग्रिकालचर कम्पनीको लक्ष्य रहेको छ । कृषकले उत्पादन गरेको वस्तुले बजार नपाएको खबर गरेमा हामी बजरिकरण गर्नमा सयोग गर्ने छौ । अर्गानिक भिगन एग्रिकलचर नेपालकै पहिलो अर्गानिक भिगन एगिकल्चार प्रणाली अपनाउने कम्पनी हो । संयुत्तफ् राष्ट्र संघ जनसंख्या विभागका अनुसार सन २०५० साल सम्ममा विश्वको जनसंख्या ९.२ विलियन पुग्ने अनुमान गरिएको छ । यस अनुमान अनुसार विश्वमा खाध्यन्नको अभाव हुन्छ । यस समस्यवबाट बाँच्न लाई अर्गानिक भिगन एग्रिकल्चर प्रणाली अपनाएमा मात्र सम्भव छ । किनकि, मासुको लागी पालिने पशुपंक्षीहरुको लागी पनि मानिसलाई झै अक्सिजन, पानी खाध्यन्न आदीको आवश्यत्तफ हुन्छ र उनीहरुलाई मासुको लागी काट्न उपयुत्तफ् नहुनजेलसम्म पालिरहंदा ती चीजहरुको खपत प्रसस्त मात्रामा हुन्छ । संयुत्तफ् राष्ट्र संघको विश्व खाध्यन्न तथा कृषि संगठनको तथ्याङक अनुसार विश्वमा उत्पादन हुने १र३ ५ भाग अन्न र ९० प्रतिशत भटमास, मासुको लागी पालिने पशुपंक्षीहरुको लागी आहार तथा दानामा खपत हुने गरेको छ । १ केजी राँगोको मासु उत्पादन गर्न १० किलो अन्नपात खर्च हुन्छ, त्यस्तै बंगुरको मासु उत्पादनको लागी चारदेखि ५.५ केजी, १ किलो हाँस तथा कुखुराको मासुको लागी २ देखि ३ केजी अन्न खपत हुने गर्दछ । अनि विश्वभर खपत भईरहेको पानीका ३० प्रतिशत भाग मानिसहरुको लागी हुन्छ भने ७० प्रतिशत मासुको लागी पालिने पशुपंक्षीको लागी हुने गरेको छ ।
त्यस्तै उनीहरुको लागी चाहिने आहार तथा दाना उत्पादन र ढुवानीको लागी २/३ इन्धन (बिजुली,ग्यास,तेल)आदीमा खर्च हुने गरेको छ । त्यसैकारण अर्गानिक भिगन एग्रिकल्चर प्रणाली अपनाएमा पशुपंक्षीहरुको लागी खपत हुने ति सबै चीजहरु मानिसहरुलाई प्रशस्थ उपलब्ध हुन गई सन् २०५० मा हुन सक्ने खाध्यन्नको समस्या, पानीको समस्या इत्यादिबाट बाँच्न सकिन्छ । साथै, पशुपंक्षीहरुले पनि मानिसहरुले जस्तै हावाबाट अक्सिजन शरिर भित्र लिएर कार्वन डाईअक्साईड बाहिर पफल्ने हुनाले पशुपंक्षीहरुले पफल्ने कार्वन डाईअक्साईड रोकिन गई हावामा कार्वन डाईअक्साईडको मात्रामा कमि आउनुको साथै उनीहरुबाट हुने तापत्रफ्म बढाउने सबै हरितगृह ग्यासहरुको पनि उत्सर्जन रोकिने, अक्सिजनको उपलब्धता बढ्न जाने र विभिन्न डर लाग्दो रोगहरु लाग्ने समस्याहरुबाट पनि बाच्नँ सकिन्छ र पृथ्वी तातिने समस्य पनि कम हुनेछ । किनकि संयुत्तफ् राष्ट्र संघको प्रतिवेदन अनुसार पशुपंक्षीहरुलाई मारेर खानुनै पृथ्वी तातिनुको कारण हो र वातावरणिय समस्याको सबै भन्दा ठुलो कारक तत्व मध्ये एक हो भनेका छन् । मासुका लागी पालिने पशुहरुको लागी जंगल विनास हुन्छ । संसार भरको यातायातको प्रदुषणले भन्दा मासु उत्पादनको लागी गरिने पशुपालन र बथशालाबाट निस्किने हरितगृह ग्यासबाट प्रदुषण हुन्छ । अनि विश्वमा भईरहेको कुल प्रदुषणको ८० प्रतिशत प्रदुषण मासुको लागी गरिने पशुपालनबाट हुने गरेको छ । त्यसैकारणले सबै समस्याहरुबाट बाँच्ने उपाय भनेकै अर्गानिक भिगन एग्रिकल्चर प्रणाली अपनाउनु हो । त्यसैले यस प्रणालीलाई विश्वले मानव समुदायले नै अपनाउन जरुरी छ । अर्गानिक भिगन एग्रिकल्चर प्रणालीलाई अपनाऔं, “आफू पनि बाचौं, धर्तीलाई पनि बचाऔं“

अर्गानिक भिगन एग्रिकल्चर प्रा. ली
प्रबन्ध निर्देशक
मान बहादुर तामाङ